संघर्ष सफलताको जननी हो (एक संघर्षशिल सुब्बाको कथा)

0
जात, वर्ग र पद जति उच्च भए पनि खाने भात नै हो। जिउनार, पकवान, चौरासी व्यञ्जन, खाजा र डिनर जे भन्नुहोस्, व्यक्ति सधैं राम्रो गुणद्वारा उच्च हुनुपर्छ। निरन्तरको लगनसिलता, संघर्ष र धैर्यता, सफलताको पथ पहिल्याउन र गन्तब्य हासिल गर्न कसैले रोक्न सक्दैन | नियमित प्रयास र अभ्यास जारि रहनु पर्दछ | सफलता र असफलता कर्मको योग हो।

निजामती सेवा प्रवेशमा मेरो यात्रा

  • 2070 सालमा SLC पास गरेर शहर छिरेको,
  • 2073 सालमा +2 सकेर 2074 चैत्र सम्म boarding मा teaching गरे,
  • अबको सोच : लोकसेवा तयारी तर कारणबस घरमा आएको घरायसी समस्याले, 
  • 2075 फागुन सम्म मैले घरायसी व्यवहारमा नै आफुलाई व्यतित गर्नुपर्यो,
  • 2075/11/19 गते निजामती कर्मचारी बन्ने झिनो आशा लिएर म त्यो रंगिन शहरको बाक्लो भीडमा प्रवेश गरे,
  • लगतै जेठ 15 गते स्थानीय तहको अनुरोधमा संघीय लोकसेवा आयोगले विग्यापन गर्यो,
  • मनमा झिनो खुसी छाउदै मैले दरखास्त दिए र प्रथम पत्रको परीक्षामा पनि सामेल भए बिडम्बना पाचौं तहको परीक्षामा symbol नम्बर नै चौथो तहको लेखेर आए त्यसकारण प्रथम पत्रमै असफल भए,
  • चौथो तहकोमा प्रथम चरण पास गर्न सफल भए तर दोस्रो चरणको परीक्षा राम्रो गर्न सकिन,

सिकाई: नाम निकाल्न दोस्रो चरणको भुमिका अझै बढी हुदो रहेछ !

**** अब फेरि निरन्तरता जारी राखे र :
  • 2076/77 को संघीय सुब्बाको परीक्षामा सहभागी भए र राजस्व समूहबाट अन्तर्वार्तासम्म पुगे र असफल भए-- वैकल्पिक 6 नम्बर,
  • गण्डकी प्रदेश पाचौ तह लेखा समूह : अस्थायी सुचीमा नाम राख्न सकेछु,
  • संघीय सुब्बा 2077/78 : प्रशासन, लेखा र राजस्वमा hatric नै कायम गर्न सफल भए,
  • प्रशासन posting 4 rank मा,
  • लेखा 3 rank मा,
  • राजस्व 2 rank मा तर बिडम्बना प्रशासन बाट posting गरिदिदा लेखा राजस्व समूहमा posting हुन सकिन,
  • कोशी प्रदेश पाचौं तह: अस्थायी सुचीमा नाम निस्केको , प्रशासन लेखा समूहमा,
  • कर्णाली प्रदेश : चौथो तह लिखित परीक्षामा सफल, अन्तर्वार्ता नदिएको,

नोट : मेरो व्यक्तिगत अनुभवमा लोकसेवामा सफल हुन लेखनसीप उत्कृष्ट हुनै पर्छ, मैले कुनै पनि exam मा :








  • 27/28 भन्दा बढी tick मिलाउन सकिन तर पनि यति ठाउमा नाम देखाउन आफल भए,
  • त्यसैले लेखनसीपलाई अलि दरिलो बनाउनुस, निरन्तरतालाई कायम राख्नुस, आफुलाई बिस्वास गर्नुस, सफलता अवश्य पाइन्छ!
  • post गर्नुको कारण: तयारी गर्ने साथीहरुलाई उत्प्रेरणा मिलोस भन्ने ध्ययेले feeling crazy.
गज्जव...
NOKIA ले Android लाई पत्याएन, Yahoo ले गुगललाई पत्याएन, कोडकले Digital क्यामेराको भविष्य देख्न सकेन, ब्लकबस्टरले NETFLIX लाई टेरेन । आज नोकिया कहाँ छ एन्ड्रोइड कहाँ पुग्यो । याहू कहाँ छ Google कहाँ पुग्यो, KODAK कहाँ छ डिजिटल क्यामेराले के गर्दैछ, Blockbuster कहाँ छ नेटफ्लिक्स् कहाँ पुग्यो । त्यसैले खतरा मोल्न नडराउनुहोस्, परिवर्तनलाई आत्मसाथ गर्नुहोस्,यदी समयसँगै परिवर्तन हुन सकिएन भने एक दिन लोप भएर हराउनु पर्नेछ ।
फेसबुकले समयमै इन्स्टाग्राम र WhatsApp लाई किन्यो,गुगलले समयमै YouTube लाई किन्यो । यसबाट के सिक्ने ? आफ्नो प्रतिस्पर्धी शत्रु धेरै बलियो हुन नपाउँदै उसलाई आफ्नो मित्र बनाइहाल्नुहोस् ।
६५ वर्षको उमेरमा कर्णेल स्याण्डर्सले KFC स्थापना गरे, ज्याक माले त्यही KFC मा जागिर नपाएको हुनाले Alibaba स्थापना गरे । अलिबाबाबाट संसार प्रसिद्ध भएर ५५ वर्षमा उनी रिटायर्ड भए ।
अब के भन्ने ? के उमेरले काम सुरु गर्न रोक्दो रहेछ त ?
बाराक ओबामा ४५ वर्षमा राष्ट्रपती बने ५५ वर्षमा रिटायर्ड भए,जो वाइडेन ८० वर्षमा राष्ट्रपति बने, कति वर्षमा रिटायर्ड हुन्छन टुङ्गो छैन ।
रबि लामिछाने ६ महिना राजनीति गरेर ४८ वर्षमा उपप्रधान मन्त्री बने र २५ दिनमा पद गुमाए, उता रामचन्द्र पौडेल ६० वर्ष राजनीति गरेर ७८ वर्षमा राष्ट्रपती बने,५ वर्ष अब ढुक्कै भयो ।
मेरो साथी जहिलै उमेर गयो,उमेर गयो भन्छ । खोइ के भनेर बुझाऔँ ? उमेर आखिर अङ्क त रहेछ,सबैको जीवन आफ्नै ढंगको हुने रहेछ ।
यदी नजिकैको साथीको प्रगती देखेर पिरोलिने गर्नुभएको छ भने बन्द गर्नुस्, सबैको जीवनको आफ्नै प्रश्नपत्र हुन्छ, यदी अरूको उत्तर कपी गर्न खोजियो भने अवश्य गडबड हुन्छ ।
एक ट्याक्टर ड्राइभरलाई Ferrari को मालिकले नराम्रो व्यवहार गर्‍यो, ट्याक्टर ड्राइभरले लाम्बोर्गिनी स्थापना गरिदियो । आज फरारी कहाँ, Lamborghini कहाँ ? त्यसैले कसैलाई पनि कमजोर सोचेर हेप्ने काम नगरौँ ।
९० मिनेटको खेलमा कसले कतिखेर गोल गर्छ कसलाई थाहा छ र ?? सुरुको गोलको जती मान्यता छ, अन्तिम मिनेटको गोल पनि त उत्तिकै मान्यताको हुन्छ । मुख्य कुरा गोल गर्नुपर्‍यो, त्यती भए कुरा सकियो ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top